Fast Nepal News

काठमाडौंमा ‘वर्ल्ड हेरिटेज आर्ट फेस्टिवल–२३’ आयोजना

banner single news
१३ जेठ , काठमाडौँ– काठमाडौंमा ‘वर्ल्ड हेरिटेज आर्ट फेस्टिवल–२३’ आयोजना गरिएको छ । द आर्ट पिभोट इण्डिया र जीपी कोइराला फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौंको ठमेलस्थित होटेल आर्टमा उक्त फेस्टिवल आयोजना गरिएको हो ।
जेठ ८ देखि १४ गतेसम्म चल्ने उक्त फेस्टिबलमा ११ देशका पेन्टिङ प्रदर्शनीमा राखिएको छ । जहाँ नेपालसहित ७ देशका कलाकारले सहभागिता जनाएका छन् । फेस्टिवलमा नेपाललगायत अष्ट्रिया, टर्की, फिलिपिन्स, थाइल्याण्ड, युएई, भारतका २६ जना कलाकार सहभागी रहेका छन् ।
लाईभ पेन्डिङ बाट कलाकारलाई चिनाउने उदेश्यले फेस्टिवल आयोजना गरिएको जीपी कोइराला फाउन्डेसनका सल्लाहकार तथा नेपाली कांग्रेसका युवा नेता भरत सापकोटाले जानकारी दिनुभयो। फेस्टिबलमा शुक्रबार पूर्वउपप्रधानमन्त्री एवम् फाउण्डेसनककी अध्यक्ष सुजाता कोइरालाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मान पत्र वितरण समारोहमा बोल्दै फाउण्डेसनकी अध्यक्ष कोइरालाले नेपाल कला, संस्कृतिको धनी देश भएकाले फाउण्डेसनमार्फत देशको पहिचान र परिचयलाई विश्वभरि पुर्याउन आफू लागीपरेको उल्लेख गर्नुभयो ।
Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.