
सुजन बिसी/ समाचार लेखक तथा फोटो पत्रकार
१० जेठ,कर्णाली प्रदेश–दैलेख जिल्लाको महाबु गाउँपालिकामा ३ दिने आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। महाबु गाउँपालिकाको कार्यवाहक अध्यक्ष श्री मन्जु पाण्डे शर्मा, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय र स्वास्थ्य शाखा प्रमुख राजेश कुमार बूढाको नेतृत्वमा ३ दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो।यस स्वास्थ्य शिविर सम्पन्न गर्नको लागि प्राविधिक सहयोग मार्फत रेडक्रस र आँखा अस्पताल सुर्खेतले साथ दिएको हो।

सन्दुक रुइत फाउण्डेशनले आर्थिक सहयोग गरेको हो। यस गाउँपालिकामा ६ वटा वडाहरु छन् जसमा वडा नं १ का अध्यक्ष सर्वराज सार्की,२ का प्रकाश राज थापा,३ का कृष्ण कुमार दाहाल,४ का राम बहादुर शाही,५ का दिप बहादुर शाही र ,६ का रमेश ब.थापा मगरको उपस्थिति समेत रहेको थियो। यस स्वास्थ्य शिविरबाट १३७७ जना सेवाग्राही लावान्भित भएका छन्।


अत्यन्तै विकट यस गाउँपालिकामा स्थानीय सरकारले पनि विकास निर्माण तथा त्यहाँका स्थानीय बासिन्दाहरूका निम्ति अत्यन्तै लोकप्रिय काम गर्दै आएको छ। यस गाउँपालिकालाई अझ समृद्धिको मार्गमा बढाउनको लागि स्थानीय तथा केन्द्रीय सरकारको ध्यानाकर्षण होस्।
Visited 31 times, 1 visit(s) today
