
बेलायत । बेलायतको मध्य भागमापर्ने कोभेन्ट्रि एउटा सानो शहर भए पनि सन २०१५ देखी नेपालिको बसोबास हुन सुरु भएको पाईन्छ । २०१९ पछी ह्वात्तै बढेको नेपाली पोर्तुगिसहरुको आगमनले एउटा ठाउँलाई केन्द्र बिन्दु बनाएर २५० जना जती परिवार यस गाउँमा बसोबास गरिरहेका छन् ।
भर्खर सम्पन ३ वटा कार्यक्रम हेर्दा लोभ लाग्दो यो गाउँमा सामाजिक एकता राम्रो देखिएको छ । कोभेन्ट्रि नेपाली समाजले आयोजना गरेको नयाँ बर्षको कार्यक्रम ३ जना कलाकरले नेपालबाट आएर छमछमि नचाएका थिए ।
केहिदिन अघि कोभेन्ट्रि नेपाली समाजले आयोजना गरेको बुध्द जयन्ती र्याली पनि सफलताका साथ सम्पन्न भएको थियो ।त्यसको दुई दिन पछी अर्थात ७ मई मा नौमती बाजा समुहले आयोजना गरेको बुध्द जयन्ती बिशेष पुजा आजा र सांस्कृतिक साझ भब्य रुपमा सम्पन्न गर्यो । बुद्ध फाउन्डेसनका अध्यक्ष तथा गैर आवासिय नेपाली संघका उपाध्यक्ष दिपक श्रेष्ठको प्रमुख अथित्यमा सम्पन्न उक्त कार्यक्रममा बबिता बाँनिया जेरी , रमिला न्यौपाने , सायिमा श्रेष्ठ जस्ता ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती र नौमती बाजामा कलाकारसँगको दोहोरीले त्यस साझ साच्चिकै रोमन्चक बनेको थियो । चितवन समाजका अध्यक्ष सालीक राम सापकोटा र सृजन्शिल नेपाली समाजका अध्यक्ष नारायण फुयालको बिशेष सम्बोधन रहेको यो साझ औपचारिक कार्यक्रम समाजसेवी युवा रमेश कंडेल र सांस्कृतिक कार्यक्रम समाजसेवी व्यक्तित्व प्रकाश आचार्यले चलाउनु भएको थियो ।
कार्यक्रम मा थुप्रै अतिथीहरुले व्यवस्थापनको र खानाको निकै प्रशंसा गरेका थिए । स्थानिय कलाकारहरुको दमदार प्रस्तुतीले कार्यक्रमको रौनक बढाएको थियो । जीवन बिज्ञान युके कि प्रशिक्षक अन्जना गुरुङले ४० मिनेटको योगा तथा उत्प्रेरणा क्लासले दर्शकलाई साह्रै आनन्दित तुल्याएको थियो ।
आयोजक ले यो मई ७को कार्यक्रम सफल पार्न कुनै पनि रुप मा सहयोग पुराउने दाताहरुलाई हार्दिक धन्यवादका साथै आभार ब्याक्त गरेको छ ।
लण्डन नेपालबाट दिनभरी लाईभ प्रसारण भएको यो कार्यक्रमलाई संसार भरीबाट हेरिएको थियो ।
