
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार बढ्नेछ साथै आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। सजिलै लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा जुट्न नसक्दा काम रोकिन सक्छ। साइनो गाँसेर लाभ उठाउनेहरूले दुःख दिनेछन्। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमै बढी समय बित्नेछ।विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आफ्नो धनमालमा अरूले दाबी गर्न सक्छन्। समयमा काम साँच्नाले व्यवहारमा पछि परिनेछ। लगानीअनुसार फाइदा कम हुनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। सरसापटमा केही रकम बाहिरिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा पशुपालनमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काममा जग बसाउने मौका पाइनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। पहिलेका समस्या र चुनौती समाप्त हुनेछन्। गरेको कामले नाम र दाम दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। काममा धेरै दौडधुप गर्नुपर्दा स्वास्थ्य कमजोर हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ।
