
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा होसियार रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सफलताले हौसला जगाउनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नहुने काममा बलजफ्ती गर्दा थप नोक्सान हुनेछ। उधारोमा व्यापार गर्नुपर्ने हुन सक्छ। कर्जाले थप ब्याज बढाउनेछ भने तत्काल लगानीको उचित प्रतिफल प्राप्त नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अवसर गुम्न सक्छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ। ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइको सहयोग र उपहारसमेत पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला।
