Fast Nepal News

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आउँदै

नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको थियाे।

banner single news

भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नोभेम्बर २६ गते श्रींगला काठमाडौं आउने उल्लेख गरेको छ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि २६ गते नेपाल आउने भएका हुन्।
भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको थियाे।

उनी विभिन्न विषयमा छलफल गर्न काठमाडौं आउन लागेका हुन्। उनको भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी संयुक्त समितिको बैठकको मिति पनि तय हुने बताइएको छ। भ्रमणका क्रममा श्रींगलाले समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली भेट गर्ने तय भएको समाचारमा उल्लेख छ।

गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएपछि दुई देशबीच फेरि कुराकानी सुरू भएको थियो।

Inside Article Ads

गोयल फर्किएको दुई साता नबित्दै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौं आएका थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी दिएकी थिइन्। नेपालस्थित भारतीय राजदूतावासले भारतबाट उच्च अधिकारीको भ्रमण हुन लागेको जनाएको छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.