Fast Nepal News

इजरायली सैनिकले गरे प्यालेस्टिनीको हत्या

banner single news

८ माघ,इजरायल  वेस्ट बैंकको रामल्लाह शहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन्।

शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ। उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो। विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन।

चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र त्यहीबीच इजरायली सैनिकहरूले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि इजरायली सैनिकहरुले करिब २० प्यालेस्टाइनीको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्।

Inside Article Ads
Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.