
२१ पुष, काबुल- अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् । यसैगरी अन्य सात जना ईस्लामिक लडाकु भने पक्राउ परेका छन् ।
अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाकु लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक सरकारी अधिकारीले बताएका हुन्।
बुधवार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताएका छन् ।
Visited 35 times, 1 visit(s) today
