Fast Nepal News

एनआरएनए कतारद्वारा २० औं बार्षिकोत्सव भब्यताका साथ संपन्न

अवको नेतृत्वमा मध्यपुर्वको दावी, एनआरएनए अभियन्ताहरु सम्मानित

banner single news

१० पुष, काठमाडौँ-दोहा,गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले आफ्नो २० औं स्थापना दिवस शुक्रबार भव्यताका साथ कतारको ओसिस बिच क्लवमा संपन्न गरेको छ । नेपाली राजदुतावास कतारका राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता,एनआरएनए आईसिसिका उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यस्मीन बेगम सैयद,सचिव प्रविन गुरुङ,सहकोषाध्यक्ष होमनाथ शर्मा,मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ,राजेन्द्र अर्यालको विशेष आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा उक्त दिवस मनाइएको थियो । सन २००३ डिसेम्बर ११ तारिकका दिन कतारमा विश्वमै दोस्रो एनसीसीको रूपमा एनआरएनए कतारको स्थापना भएको थियो ।

 

कतारमा चलेको फिफा विश्वकपका कारण डिसेम्बरको दोस्रो साता मनाइने स्थापना दिवस केही दिन पर सारेर शुक्रबार मनाइएको अध्यक्ष मुक्तदाले बताए । स्थापना दिवसको अवसर पारेर पहिलो पटक परिषद सदस्य,एनआरएनए कतारका संस्थापक, आइसीसीका पदाधिकारी एवं सदस्यहरू, स्थापनाकालदेखिका सम्पूर्ण अध्यक्षहरू लगायत प्रमुख सल्लाहकार, सल्लाहकार, पदाधिकारी एवं सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।  कार्यक्रममा कतारमा रहेका विभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले बार्षिकोत्सवका अवसरमा शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै एनआरएनए आईसिसि पदाधिकारीहरु,मध्यपूर्वका आरसी,डिआरसी लगाएतका विभिन्न तहका पदाधिकारी, आइसीसीका मानार्थ तथा पदाधिकारीहरूले पनि शुभकामना मन्तव्य राखेका थिए ।

 

वक्ताहरू सबैले एनआरएन कतारको २० औं बार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्दै एनआरएन कतार अब वयस्क भएको हुँदा केन्द्रको नेतृत्व लिन अब मध्यपूर्वले कम्मर कसेर लाग्नुपर्ने बताए । मध्यपूर्वबाट आकांक्षी बन्ने मात्र नभई जित्न पनि सजिलै सकिने हुँदा मध्यपुर्व एकताको खाँचो रहेको औंल्याए । उनिहरुले २० बर्षको ईतिहासमा यसपटक मध्यपुर्वले नेतृत्व पाऊन सबै लाग्ने र सफल बनाउने बक्ताहरुले दाबी गरे । रेमिट्यान्सको ५५ प्रतिशत हिस्सा ओगटेको खाडी क्षेत्रले एनआरएनको नेतृत्व लिन चुक्न नहुने उक्त कार्यक्रमका वक्ताहरूको भनाइ रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत ढकालले समयसँगै एनआरएन हुर्किँदै गएको जनाउदै एनआरएन कतारको २० औं बार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गरे । एनआरएन तथा समाजमा दुई दशकभन्दा बढी समय खर्चिएका अग्रजप्रति लक्षित गर्दै ढकालले नेपालबाट राजादेखि राष्ट्रपतिसम्मको भ्रमण कतारसम्म भए पनि कतारका राजाको भ्रमण नेपालमा हुन र गराउन किन नसकिएको होला भनी प्रश्न गरेका थिए । उनले आफुले उक्त कोशिष गरिरहेको बताए ।

 

Inside Article Ads

राजदुत ढकालले आफू कतार आएको साढे पाँच महिना मात्र भएको हुँदा आफूले नेपालमा कतारका अमिरको भ्रमण गराउन पहल गरिरहेको बताउँदै सबैबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।  पानसमा बत्ती बालेर केक काट्दै उदघाटन गरिएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष जैवी चाम्लिङ राईले स्वागत मन्तव्य गरेका थिए । महासचिव पदम गिरिले कार्यक्रमको संचालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष मुक्तदाले हरियो पासपोर्ट र रातो पासपोर्ट बिच कुनै खाडल नरहेको बताए । उनले मध्यपूर्वले चाहेमा आइसिसीको फुट पनी मिलाउन सक्ने दाबी गर्दै एकजुट हुन सबैमा आग्रह गरे । आफुले उनले सबै जना एक अर्कालाई पछार्नमै लागेको हुँदा नेतृत्वमा पुग्न नसकेको दावी गरे । अध्यक्ष मुक्तदाले मनमा चिसो तिक्तता भए २० औं स्थापना दिवसबाट त्यागेर अगाडि बढ्न सके सफलता मिल्ने विश्वास व्यक्त गरे । उनले २० औं बार्षिकोत्सवको अवसरमा उपस्थित भएर शुभकामना ब्यक्त गर्ने सबै अग्रजहरु र एनआरएनए नेतृत्वप्रति आभार ब्यक्त गरे ।

अध्यक्ष मुक्तदाले एनआरएन भनेकै एकले अरुलाई सम्मान गर्ने संस्था रहेकाले यसपटक २० औं बार्षिकोत्सवको अवसरमा एनआरएनए एनसिसि कतारले स्थापनाकालदेखी आजसम्म एनआरएनए एनसिसि कतारमा रहेर काम गर्ने सबै पदाधिकारी,उपस्थित आईसिसि पदाधिकारी र यस अभियानमा सहयोग गर्ने सबैलाई सम्मान गरेको बताए । एनआरएनए एनसिसि कतारले आफ्नो २० औं बार्षिकोत्सवको अवसरमा एनआरएनए आईसिसि पदाधिकारीहरु उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यस्मीन वेगम सैयद,सचिव प्रविन गुरूङ,सहकोषाध्यक्ष होमनाथ शर्मा,मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठ’गोर्खाली’,राजेन्द्र अर्याल,पुर्व उपाध्यक्ष देवकाजी डंगोल,सागर नेपाल,अभियन्ता राजु सैयद,शनि कुमार ओली,चानक पोखरेल,बिमल सुवेदी,मोहम्मद अजिज अली,रामहरी गैरे, केबि हमाल,नरेश श्रेष्ठ,कुमार खड्का,क्रान्ती सिंह,डा.नितेश अर्याल,माया केसी,नेपाली ब्यावसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई, जनसवाल रास्ट्रीय दैनिकका संपादक रामजी बगालेलगाएत लाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित बिशेष सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुले एनआरएनए एनसिसि कतारको उल्लेखनीय कार्यको खुलेर प्रंशसा गर्दै अध्यक्ष मुक्तदा लगायत सबै कार्यसमितीलाई धन्यवाद ब्यक्त गरे ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.