Fast Nepal News

क्रिसमसको औचित्य र यस पर्वको धार्मिक विशेषता

banner single news
१० पुष, काठमाडौँ -आज पुष १० अर्थात् डिसेम्बर २५ तारिखका दिन विश्वभर क्रिसमस पर्व धुमधामका साथ मनाउने गरिन्छ।खिष्टियन धर्मका प्रर्वतक येशु ख्रिष्टको जन्मोत्सवलाई खिष्टियन धर्मावलम्बीहरुले बडा दिनको रूपमा समेत स्वीकार गरी यो पर्व विशेषगरी खिष्टियन धर्मावलम्बीहरुले आफ्नो पवित्र धार्मिकस्थल चर्चमा येशु ख्रिष्टले गर्नुभएको असल काम र महान उद्धारताको प्रशंसा गर्दै यस पर्वलाई महानता र धार्मिक महत्वको प्रतिक मान्दछन्।
खिष्टियन धर्मालम्वीहरुले सँगै हिन्दू लगायत अन्य धर्मालम्वीहरुले क्रिसमसको उपलक्ष्यमा विभिन्न स्थानमा गएर क्रिसमस धुमधामका साथ मनाउने गर्दछन्।जानेर होस् वा नजानेर खिष्टियन धर्मावलम्बीहरुले क्रिसमस मनाईरहेका नै छन्।तर क्रिसमसको धार्मिक महत्व र विशेषतालाई धेरै कम व्यक्तिहरुले मात्र बुझेका छन्‌। खिष्टियनहरुले महान पर्वको रुपमा स्वीकार गर्ने चाड क्रिसमस खिष्टियन धर्मका प्रर्वतक येशु ख्रिष्टको जन्मदिनको उपलक्ष्यमा हो।आज करिब २०२२ अगाडि येशु ख्रिष्टको येरूशलेम शहरको बेथलेहेम नामको गाउँमा जन्म भएको थियो। ईश्वरको अलौकिक शक्ति पवित्र आत्माद्वारा गर्भवती भएकी मरियमले आफू अलौकिक शक्तिद्वारा गर्भधारण भएको थाहा पाए।तब प्ररमेश्वरको दूतले पवित्र आत्माद्वारा गर्भवती भएको दर्शन दिएपछि निद्राबाट ब्युझिएका मरियमको कोखमा गर्भधारण भयो र तिनले एउटा छोरा जन्माए जसको नाम ईमानुएल राखियो जसको अर्थ प्ररमेश्वर हामीसँग भन्ने हुन्छ।कन्या बाट एकजना भविष्यका महान दार्शनिक शासक जन्मेको थाहा भएपछि ज्योतिषीहरूले येशूलाई सुन, धूप र मुरका भेटी चढाएर दण्डवत् गरे र गोठालोहरुले पनि हुन, धूप र मूरका भेटी चढाएर दण्डवत् गरे।
गाईको गोठमा जन्मेका खिष्टियन धर्मका प्रर्वतक येशु ख्रिष्टले आफू संसारमा रहुन्जेल समाजलाई सुधार गर्दै असल मार्ग देखाउने काम गरे। मिश्रको व्यक्तिहरुले राजा र भगवान् भनेर राज्यले फासीको सजाय दिएर मृत्युदण्ड दिएका खिष्टियन धर्मका प्रवर्तक ३ दिनमा मृत्युलाई जितेर स्वर्गारोहण भएपछि मानिसहरुले येशुलाई ईश्वरको रुपमा स्वीकार गरी प्रत्येक वर्ष बाइबलमा आधारित नयाँ करारको मत्तीको १ र २ अध्याय पदलाई आधार मानी प्रत्येक वर्ष क्रिसमस मनाउदै आएका छन्।
खिष्टियन धर्मका प्रर्वतक येशु ख्रिष्टको जन्मदिनको अवसरमा शुभकामना आदानप्रदान गर्दै ईश्वरको महिमा गर्दै मनाउने क्रिसमस विकृतिमय बन्दै गएको छ। रूखको सजावट,शान्ता क्लोज, चकलेट बाड्ने,खेल खेल्ने, अनावश्यक प्रेयप्रदार्थ पिएर बाईबलको मर्म विपरित कार्य गर्ने काम चर्च,होटल, रेष्टुरेन्ट,घर,घरमा भईरहेको छ। क्रिसमसमा देखिएको यो विकृति धर्मको मर्म विपरित भएकोले यस विकृति ल्याएर क्रिसमस जस्तो महान् पर्वको औचित्य समाप्त नगर्ने विषयमा सबैले ध्यान दिनु आवश्यक देखिन्छ।
Inside Article Ads
Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.