
२५ मंसिर, काठमाडौँ- जापानको नागोया र कानागावामा एकैदिन २ जना नेपालीहरुको निधन भएको छ । ६ महिना अघि जापानी भाषा बिद्यार्थीका रूपमा आएका नवराज वाग्लेको सुतेकै अवस्थामा नागोयामा असमायिक निधन भएको हो।निधन भएको वाग्लेको निधनबारे पूरा बिवरण सार्बजनिक भएको छैन। यसैगरी नाम थाहा नभएको बस्नेत थरका एक नेपाली कानागावास्थित पार्कमा हिजो नै मृत भेटिएका छन्।
दुबै घटनामा निधनको कारण खुलिसकेको छैन। विस्तृत विवरण भने आउन नै बाँकी रहेको जापानमा अध्धयनको सिलसिलामा जानुभएका कान्छा समाजसेवी अल्वर्ट खड्काले जानकारी दिनुभयो।
Visited 17 times, 1 visit(s) today
