
२२ मंसिर, काठमाडौँ -मंसिर पूर्णिमाको दिन किरात समुदायले मनाउने उधौली पर्वको अवसरमा प्रधानमन्त्री देउवाले सबैलाई शुभकामना दिनुभएको छ। उधौली पर्वका अवसरमा शुभकामना दिनुहुदै उहाँले यो पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा नेपाल रहेको बताउनुभयो। उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निर्वाह गरेको बताउनुहुँदै उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको धारणा व्यक्त गर्नुभयो।
Visited 17 times, 1 visit(s) today
