Fast Nepal News

काठमाडौँबाट ८ लाख व्यक्ति निर्वाचनमा मतदान गर्नको लागि गृह जिल्ला फर्किए

कार्तिक २५ गतेदेखि मतदाताहरु काठमाडौँ जिल्लाबाट आफ्नो अमूल्य मत दिन चुनावका लागि काठमाडौँ जिल्लाबाट गृह जिल्ला बाहिरिएको हो।

banner single news
३ मंसिर,काठमाडौँ-भोली हुने निर्वाचनका लागि काठमाडौँ जिल्लाबाट ८ लाख व्यक्ति बाहिरिएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघले जनाएको छ। नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका अनुसार कार्तिक १५ गतेदेखि राजनीतिक दलका नेता,कार्यकता,सुरक्षा निकाय काठमाडौँ बाट बाहिरिएको हो। यसैगरी कार्तिक २५ गतेदेखि मतदाताहरु काठमाडौँ जिल्लाबाट आफ्नो अमूल्य मत दिन चुनावका लागि काठमाडौँ जिल्लाबाट गृह जिल्ला बाहिरिएको हो।

हिजोसम्म मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताहरु गृह जिल्लामा जाने क्रममा रहेको राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो। यससँगै आज पनि मतदान गर्नका लागि गृह जिल्ला जाने क्रममा धेरै मतदाताहरु रहेका छन्।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.