Fast Nepal News

काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित लौरो उम्मेदवार मुकुन्द सिलवाल

banner single news

सटपाईन्ट कोट र कालो जुत्ता काधमा राष्ट्रिय झण्डा हातमा माईक। मोटरसाइकलमा साउन्ड सिस्टम र लौरो बाधेर एक्लै एक्लै हिड्छन्। एक्लै मतदाताहरुसंग मत माग्दै हिड्छन्।घर दैलोमा पनि एक्लै एक्लै देखिन्छन् काठमाडौँ क्षेत्र नंम्बर ६ का लौरो उम्मेदवार मुकुन्द सिलवाल।

एक्लै मतदाताहरु संग मत माग्दै हिड्छन्। घरदैलोमा पनि प्राय एक्लै एक्लै देखिन्छन्। काठमाडौँ क्षेत्र नंम्बर ६ का प्रतिनिधिसभा सदस्य पदमा हाम्रो नेपाली पार्टीको उम्मेदवार मुकुन्द सिलवाल।३२ वर्षीय मुकुन्द प्रमुख दलको उम्मेदवारको विरूद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउँदछन्।४६ सालपछि राजनीतिक दलहरुको कारणले गर्दा नागरिकमा राजनीतिप्रति नै वितृष्णा रहेको छ।अझ भन्ने हो भने नेपालका सरकारी कार्यालयमा नागरिकले भोग्नुपरेको दुख कम छैन। भष्टाचार मौलाएको छ। नेपालीहरु निराश छन्। आजकालका मतदाता एकदम चनाखो छन्। मैले त्यही विकल्प दिन उम्मेदवारी दिएको हु।

लौरो चुनाव चिन्ह मार्फत उनी चुनावी घरदैलोमा भोट माग्न एक्लै व्यस्त देखिन्छन्। मुकुन्द विद्यार्थी जीवनमानै सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले आफूले बच्चा देखि वृद्धसम्मका व्यक्तिहरुको मनोभावना बुझेर काम गर्ने बताएका छन्।एकदशक देखि सरसफाई अभियानका रुपमा सक्रिय छु। जनताको आवाज बनेर बेथिति विरूद्ध बुलन्द आवाज उठाउँदै आएको मान्छे हुँ। जनताको दुख सुखमा जनताकै घरदैलोमा छु‌।म जहाँ जहाँ गएको छु अहिलेसम्म सबै जनाले आर्शीवाद दिनुभएको छ।म उत्साहित छु।एकपटक यसैपटक सहयोग गर्दा एक्लै छु भन्ने नसोच्नु होला हामी छौँ भन्नुहुन्छ।

Inside Article Ads

मसँग कोहीपनि कार्यकर्ता हुनुहुन्न।म एक्लै हिँड्छु सामान्य खाजा खान्छु।खर्च नगरी हुने ठाउँमा त खर्च गर्नै पर्यो। राजनीतिक दलका उम्मेदवारले पैसा खर्च गर्छन्, पार्टी गर्छन्, पैसा नै बाड्न पनि पछि पर्दैनन् तपाईहरुलाई नै मलाई भन्दा बढी थाहाँ छ। मेरो प्रष्ट कुरा के हो भने मैले गर्ने भनेको ईमान्दारिताको साथ काम गर्छु। भष्टाचार हुन पनि दिन्न भष्टाचारीलाई समाजमा नंग्याउने काम गर्छु।एक रुपैयाँ पनि दुरुपयोग गर्दिन मैले जीवन बुझेको छु।एक दिन मर्नैपर्छ, कसैलाई दुख दिनु, अरुको पैसा खानु, भष्टाचार गर्नु मेरो लागि आमाको रगत खानु बराबर हो।म सामाजिक अभियानबाट आएको मान्छे र यो‌ सब राजनीतिक दलका मित्रहरूले गर्नुहुन्छ। उहाँहरु चुनावमा पैसाको खोलो बगाउनु हुन्छ र कमाउनलाई अनैतिक काम गर्नुहुन्छ।पैसा ५ वर्षसम्म कमाउने अस्त्रका रुपमा लिनुहुन्छ।उहाँ यो ४६ सालदेखि नै गर्दै आएको हुनाले हामी जस्ता युवाहरुलाई विकल्पको रुपमा हेरिरहनुभएको छ। जनतालाई ढाड सेक्ने गरी राजस्व उठाउने र आफ्नो पार्टीको आफन्तलाई सहयोग गर्छन्।अनि जनताले दुःख पाइरहेका छन्। यसलाई अन्त्य गर्न मेरो उम्मेदवारी हो। जनताको पैसा जनतालाई नै‌ हुनुपर्छ जनताकै दुखमा सहयोग गर्ने काम गर्नुपर्दछ। जनताको पैसा जनताकै लगानी गर्न मेरो उम्मेदवारी हो।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.