
गत जुलाई ८ तारिखका दिन एक राजनीतिक कार्यक्रममा गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
जापानको स्थानीय समयअनुसार आज दिउँसो २ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जापान सरकारले जनाएको छ। यसैगरी राजकीय सम्मानका साथ गरिने अन्त्येष्टि कार्यक्रममा करिब १ अर्व ६६ करोड ऐन खर्च हुने भएको छ।जुन बेलायतकी महारानी एलिजाबेथ द्वितीय अन्त्येष्टि कार्यक्रमको भन्दा बढी रकम जापान सरकारले बढी रकम खर्च रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
यसैगरी दिउँसो २ बजे हुने अन्त्येष्टि कार्यक्रममा अमेरिकाका उपराष्ट्रपति कमला ह्यारी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित २१७ देशको पाहुनाहरु शोक कार्यक्रममा सहभागी हुने भएको छ।
