Fast Nepal News

डिजिटल माध्यमबाट ठगी धन्दा गर्ने काम बढ्दै

banner single news


काठमाडौ ।
प्रकाश कपाली।

अहिले दिनप्रतिदिन डिजिटल माध्यमबाट ठगी धन्दा गर्ने काम बढ्दै गएको छ। केही समयअघि तिलोत्तमा नगरपालिका एक कल सेन्टरमा अवैध रुपमा अश्लिल भिडियो र What’s app र Facebook बाट चिट्ठा परेको भन्दै प्रहरीले १५० जना व्यक्तिलाई कल सेन्टरबाट प्रकाउ गरेको थियो।

यसैगरी डिजिटल माध्यम What’s app र Facebook बाट सचेत रहन सञ्चारमाध्यमहरुले जनाएको छ।तर कल सेन्टर स्थापित गरेर डिजिटल माध्यमबाट लट्री परेको भन्दै अझै डिजिटल माध्यमबाट ठगी धन्दा सञ्चालन गर्न विभिन्न व्यक्तिहरुलाई सन्देश पठाउन छोडेको छैन।

यसैगरी मेरो व्यक्तिगत सन्दर्भमा आज एक What’s app मा अनौठो सन्देश आएको थियो।जुन सन्देशमा एक महिलाले आफ्नो नामसहित खुलेर तपाईं र तपाईंको परिवारका सदस्य भाग्यमानी हुनुहुन्छ। तपाईं लक्की हुनुहुन्छ त्यसैले आफ्नो २५ लाख रकम प्राप्त गर्न आकाश वर्मालाई सम्पर्क गर्नुहोला भनेको थियो।

Inside Article Ads

तर मैले पछि त्यो नम्बरमा म्यासेज गर्दा अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन। त्यसैले तपाईंलाई पनि विभिन्न गिरोहहरुबाट लट्री परेको भन्दै म्यासेज आएमा त्यस्तो सन्देशलाई विश्वास नगर्नुहुन र सबै कुराको सत्य, तथ्यमा ध्यान दिनुपर्ने विषयमा सबैले ध्यान दिनु अति नै आवश्यक छ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.