Fast Nepal News

अनेसासको अध्यक्षमा गोबर्धन पुजा निर्वाचित

banner single news

बेल्जियम ─ २८ असार २०७९

बेल्जियम, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय कार्यसमिति २०२२-२०२४ का लागि जुलाई ९ र १० तारीखमा सम्पन्न निर्वाचनमा साहित्यकार गोबर्धन पुजा अध्यक्ष चुनिनु हुनुभएको छ। उहाँले अध्यक्षका अर्का प्रत्यासी सुनिल संगमलाई धेरै नै मतान्तरले पराजित गर्नु भएको हो। अनेसास निर्वाचन समितिले प्रकासित गरेको निर्वाचन परिणाम अनुशार गोबर्धन पुजाले खसेको मत संख्यामद्धे ८०३ मत पाउनु भएको थियो भने उपविजेता सुनिल संगमले ३०० मत प्राप्त गर्नु भएको थियो। त्यस्तै बरिष्ठ उपाध्यक्षको लागि लाल गोपाल सुबेदी र सर्बज्ञ वाग्लेबीच भएको प्रतिस्पर्धामा सर्बज्ञ वाग्लेले ५४० झिनो मतान्तरले(४ मतको अन्तरमा) अर्का प्रत्यासी लाल गोपाल सुबेदीलाई पराजित गर्नुभयो।

सुबेदीले ५३६ मत ल्याएर समाजमा आफ्नो बलियो उपस्थितिलाई प्रमाणित गर्नु भएको देखिन्छ। त्यस्तै एसियाको क्षेत्रीय उपाध्यक्षबिचको चुनावी प्रतिस्पर्धामा डाक्टर रेणु सोलुले ५८७ मत ल्याएर शशी थापालाई पराजित गर्नु भयो। साहित्यकार शशी थापाले चुनावमा ४७१ मत ल्याएर उपविजेता बन्नुभएको हो । तर अनेसासको महासचिवको पदमा भने बिमला निरौला,कृष्ण कुमारी गिरी र स्पन्दन बिनोदबिच प्रतिस्पर्धा भएको थियो। तिनै जनाको प्रतिस्पर्धाबिच बिमला निरौलाले ४६० मत ल्याएर बिजयी बन्न सफल हुनुभयो भने कृष्ण कुमारी गिरीले ३३९ मत ल्याएर उपबिजेता बन्नु भयो। त्यस्तै स्पन्दन विनोदले ३०४ मत ल्याउन सफल हुनुभयो। त्यसबाहेक,अधिकांश पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्वाचित भैसकेकोले निर्वाचन परिणामसंगै कार्य समितिले पूर्णता पाएको छ।

Inside Article Ads

अफ्रिका बाहेक पूर्ण कार्य समितिमा अध्यक्ष गोबर्धन पुजा(अमेरिका),ब.उपाध्यक्ष सर्बज्ञ वाग्ले(अमेरिका),क्षेत्रीय उपाध्यक्षहरुमा क्रमश एसियाबाट रेणु सोलु(नेपाल),युरोपबाट सिता देवी बास्तोला बराल(डेनमार्क),ओसिआनियाबाट महेश्वर शर्मा(अष्ट्रेलिया), महासचिव बिमला निरौला(अमेरिका),सचिव दिप पाठक(जापान) र कोषाध्यक्ष निजानन्द मल्ल(अमेरिका) रहनु भएको छ। त्यस्तै सदस्यहरुमा क्रमश सरिता अर्याल (नेपाल),सुदिप भद्र खनाल(अमेरिका),सुमित गिरी(जापान),तारा अधिकारी(अमेरिका) र यादव देवकोटा(पोर्तुगल) निर्विरोध निर्वाचित हुनुभएको हो। अफ्रिका क्षेत्रको उपाध्यक्षमा अहिलेसम्म कसैको उमेद्वारी नपरेकोले खालि राखिएको निर्वाचन समितिले प्रकासित गरेको सुचनामा देखिन्छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.