Fast Nepal News

जुन ३० भित्रमा स्वदेश नफर्किएका अवैधानिकलाई मलेसिया प्रवेशमा आजीवन प्रतिबन्ध

banner single news

क्वालालम्पुर ─ २२ असार २०७९

क्वालालम्पुर, यहीँ जुन ३० तारिखमा समाप्त भएको मलेसिया सरकारले सञ्चालनमा ल्याएको पुन: क्यालिब्रेशन पुलाङ (घर फिर्ती) कार्यक्रम अन्तर्गत मलेसिया देश छाड्न असफल भएका , घर नफर्किएका अवैधानिक आप्रवासीहरूलाई पक्राउ गरि निर्वासन पछि मलेसिया प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाउने भएको छ। मलेसियालि अध्यागमन बिभाग (इमिग्रेशन) का महानिर्देशक दातुक श्री खैरुल डिजैमी दाउदले स्थानीय पत्रकारसंगको कुराकानीको क्रममा भने , हामीले लामो समयसम्म अवसर दिदाँ पनि आफ्नो देश फर्कन नसकेका र नचाहेकाहरूलाई पक्राउ गरेर देश निकाला गर्नुअघि अध्यागमन बिभागको डिपोमा थुनेर राख्ने उनले बताए।

“उनीहरूलाई हाम्रो डिपोमा हिरासतमा राखिनेछ र पछि देश निकाला गरिनेछ। साथै “उनीहरूलाई आजीवन मलेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ,” उनले भने। घर फर्किन मिल्ने कार्यक्रमको अन्तिम दिन र अन्तिम समयमा नभ्याएर सयौंको संख्यामा आप्रवासीहरू जरिवाना रकम तिर्न नसकेर स्पेशल पास र चेक आउट मेमो नपाएर विभिन्न ठाउँको इमिग्रेशन काउन्टर बिन्दुहरूमा अलपत्र परेका थिए।

Inside Article Ads

यस् अघि मलेसिया सरकारको गृहमन्त्री दातुक श्री हमजाह जैनुदिनले बताए अनुसार मलेसियाबाट सकुशल सजिलै सित जरिवाना तिरेर कुल २ लाख भन्दा बढी अवैधानिक आप्रवासी कामदारहरूले दर्ता गरेर स्वदेश फिर्ता भएको बताएका थिए। सन् २०२० को नोभेम्बर महिनामा नै सुरु भएको सो कार्यक्रम अहिले सन् २०२२ को जुन ३० तारिखसम्मको करिब डेढ बर्षको म्याद अवधी अन्तर्गत कागजातविहीन आप्रवासीहरूलाई अध्यागमन बिभाग अन्तर्गतका नियम , मापदण्डहरू पूरा गरेर आफ्नो देश फर्कन अनुमति दिइएको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.