Fast Nepal News

‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ को ग्राण्ड अडिसन जेष्ठ १४ गते हुदै

banner single news

काठमाडौँ — जेष्ठ ९, २०७९।

‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ।

Inside Article Ads

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् ।

आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन पनि आयोजक संस्थाका सिईओ प्रशान्त साहले आग्रह गरे ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.