Fast Nepal News

सौन्दर्य प्रतियोगिता भित्रको जघन्य अपराध

banner single news

प्रकाश कपाली।

सामाजिक सञ्जालमा भाइरल भएको एक टिकटक भिडियोले अहिले सामाजिक सञ्जाल तंरगित भएको छ।

सानै उमेरदेखि कला र मनोरञ्जनको क्षेत्रमा सानै उमेरदेखि रूचि राखेकी पिडित सुस्मिता रेग्मीले सुन्दरी सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनलले आयोजना गरेको प्रतियोगितामा भाग लिई व्यक्तित्व विकासमा नयाँ ईटा थप्ने उद्देश्यका साथ गएका उनलाई कार्यक्रम आयोजक बाट करिब ६ महिना यौन शोषण भएको बताएकी छिन्।

यौन शोषणको सिकार भएकी ती युवतीले पूर्व मिस नेपाल माल्भिका सुब्बासँग सहयोगको लागि अपेक्षा गर्दा पनि सहयोग नगरी दुर्व्यवहार गरेको र आफ्नो केटा साथीसँग सहयोगको अपेक्षा गर्दा पनि अपमान र दुर्व्यवहारको सिकार बन्नुपरेको पिडित युवतीले सामाजिक सञ्जालमा खुलाएकी छिन्।

यसैगरी मिस ग्लोबल इन्टरनेशनलका आयोजक मनोज पाण्डेले यौन शोषण गरेको बताउँदै पिडित युवती सुस्मिता रेग्मीले आफ्नो जीवनमा घटेको यर्थाथसत्य घटना सामाजिक सञ्जालमा खुलाएकी हुन्।

यसैगरी सामाजिक सञ्जालमा यस भिडियो भाइरल भएपछि कला क्षेत्र दुई खेमामा विभाजन भएको छ। पूर्व मिस नेपाल माल्भिका सुब्बाले सहयोग नगरी गलत गरेको आरोप एक पक्षमा लागेको छ। यसैगरी अर्को पक्षको कलाकारहरूले माल्भिका सुब्बाले सहयोग नगरेपनि यस काण्डमा समावेश गर्न‌ नमिल्ने तर्क गरिरहेको छ।

Inside Article Ads

सामाजिक सञ्जालमा भाइरल यस भिडियोले नागरिक समाज आम जनमानसबाट अपराधीलाई कारबाही गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ।

यसैगरी यस यौन शोषणको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने विषयमा संसदमा बहस चलेको छ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले हदैसम्म अपराधी लाई कानूनी दायरामा ल्याई कारबाही गर्नुपर्ने विषयमा संसदमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई यस विषयमा ध्यानाकर्षण गराएका छन्।

अहिलेको समाजमा जतिसुकै व्यक्तिहरू शिक्षित र सक्षम भएपनि समाजमा नारी माथि हुने हिसां अझै अन्त्य हुन नसकिएको प्रष्ट झल्किएको छ। त्यसैले नारी माथि हुने यौन शोषण लगायतका जघन्य अपराध निर्मूल गर्ने बिषयतर्फ सम्बन्धित निकाय लगायत सबैले ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.