Fast Nepal News

पल शाह प्रकरण : पीडित भनिएकी नाबालिका गायिकाले अदालतमा वयान फेरिन्

banner single news

पारस श्रेष्ठ

जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ। बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले आफूलाई बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएको छिन ।पलविरुद्ध नाबालिगले तनहुँ र नवलपुर अदालतमा बलात्कारकाे मुद्दा दायर गरेकी थिइन् । दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे

Inside Article Ads

आइतबार मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र बालिका पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.