Fast Nepal News

बोक्सी आरोपमा बर्बरता

banner single news

विराटनगर— आश्विन १६, २०७७।

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्।

‘शरीरमा धामी उत्रिएको’ भन्दै धनहीरा थाल ठटाएर घरको बरण्डामा चिन्ता बसिरहेकी थिइन्। त्यही घरको कोठामा बसेर झ्यालबाट चिन्ता हेरिरहेकी ती महिलालाई उनले एक्कासि बोक्सी आरोप लगाइन्। चिन्ता बसेको ठाउँमा जथाभावी गर्दै ‘बोक्सीको तन्त्रमन्त्र लगाएर धामीविद्यामा असर पुर्‍याएको’ भन्दै धनहीरा जाइलागिन्।

Inside Article Ads

‘आफूले कुनै गल्ती नगरेको भन्दै पीडित महिलाले चिन्ताको थानमा पुगेर माफी मागिन्’, एक स्थानीयले भने, ‘तर, धनहीराले थानमा चिन्ता बस्दा प्रयोग गरेको त्रिशूल उठाएर धनहीराले प्रहार गर्न थालिन्।’ केही स्थानीयले उक्त घटनाको भिडियो खिचे। उक्त भिडियोमा पीडितलाई बोक्सी आरोप लगाउँदै एकोहोरो त्रिशूलले कुटपिट गरिरहेको देख्न सकिन्छ। बोक्साबोक्सीजस्तो अन्धविश्वासलाई कानुनले दण्डनीय बनाए पनि समाजबाट उन्मूलन नभइसकेको यो घटनाले देखाएको छ।

एक स्थानीयका अनुसार अरूले नछुट्ट्याएको भए पीडितको ज्यानै जान सक्थ्यो। घटनामा पीडितले भने प्रतिवाद गरिनन्। चिन्ता हेर्न भेला भएकामध्ये अधिकांशले घटना रोक्नुपर्नेमा उल्टै ‘गल्ती गर्नेलाई यसै गर्नुपर्छ’ भन्दै धनहीराको समर्थन गरेको पाइएको प्रहरीले जनाएको छ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.