Fast Nepal News

जन्मदिनको अवसरमा सामाजिक कार्य

banner single news

प्रकाश कपाली। अधिकांश व्यक्तिहरुले प्रत्येक वर्ष आफ्नो जन्मदिन केक काटेर र कुनै व्यक्तिले मन्दिर गएर भगवानको पूजा गरी आफ्नै तरिकाले मनाउँदै आएको पाईन्छ। तर कतिपय व्यक्तिहरूले आफ्नो जन्मदिनको अवसरमा केही उदाहरणीय कार्य गर्ने सोचका साथ आफ्नो जन्मदिन मनाउँछन्।
यसैगरी पत्रकार तथा समाजसेवी रमन वनले काठमाडौँको मुलपानीमा रहेको जनजाती बाल आश्रममा करिब ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी जन्मदिनको अवसरमा उदाहरणीय कार्य गरेका छन्।१९ औं बसन्त पार गरी २० वर्षमा पुगेको अवसरमा काठमाडौँको मुलपानीमा रहेको जनजाती बाल आश्रममा यही मिति २०७८/१२/०८ गते शैक्षिक सामग्री वितरण गरेको उहाँले बताउनुभयो।
आफूले वितरण गरेको शैक्षिक सामग्रीले बालबालिकाको शैक्षिक क्षेत्रमा केही मात्रामा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। जन्मदिनको अवसरमा सामाजिक कार्य गरेकोमा आफूलाई सन्तुष्ट,खुशी, भाग्यमानी ठानेको महशुस गरेको पनि उहाँले बताउनुभयो।

Inside Article Ads
Visited 84 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.