Fast Nepal News

आज छुवाछुत तथा भेदभाव विरुद्धको दिवश विभिन्न कार्यक्रम गरी मनाइँदै।

banner single news

काठमाडौ । चैत प्रकाश कपाली प्रत्येक वर्ष मार्च २१ चैत ७ गतेका दिन छुवाछूत तथा भेदभाव विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ। विगतका वर्षहरुमा जसरी यस वर्ष पनि नेपाल सरकार र विभिन्न संघसंस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विगतका समय र वर्तमान परिपेक्षलाई हेर्ने हो भने जातिय विभेदको अन्त्य हुँदै गइरहेको पाउन सकिन्छ। नेपालको संविधान २०७२ को भाग ३ धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको बारेमा संविधानमा उल्लेख गरिएको छ। शिक्षा र जनचेतनाको विकासले आजको युगमा मानिसको चेतनामा आएको परिवर्तनले समाजमा हुने गरेका भेदभाव निर्मूल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ५७ औं छुवाछुत र भेदभाव विरुद्धको दिवस मनाइरहँदा कतिपय नेपालका विभिन्न भूभागमा कायम रहेका विभेदहरु निर्मूल गर्ने बिषयतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.