Fast Nepal News

बीसीएनको अध्यक्षमा प्राध्यापक शाह

banner single news

काठमाडौँ — २८ कात्तिक २०७८

काठमाडौँ , नेपाल पन्छी संरक्षण संघ(बीसीएन)को अध्यक्षमा प्राध्यापक करनबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । संघको ३९ औं वार्षिक साधरणसभाले शाहसहित ११ जनलाई केन्द्रीय कार्यकारी परिषद्‌मा निर्विरोध निर्वाचित गरेको हो ।  उपाध्यक्षमा विमलकुमार थापा, महासचिवमा अशोकबहादुर मल्ल, सहसचिवमा सरिता ज्ञवाली, कोषाध्यक्षमा राजकुमार राई चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा प्रेमबहादुर बुढा, सुदर्शन कार्की, जयनाथ भण्डारी, दीपक श्रेष्ठ, रमेश चौधरी र अनिता गुरुङ सर्वसम्मत रुपमा चयन भएका हुन् । बीसीएनले चरा र पर्यावरणको संरक्षणमा सन् १९८२ देखि काम गर्दै आएको छ । यसले नेपालमा गिद्ध संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । संघले नेपालका ३० भन्दा बढी जिल्लाहरूमा काम गर्दै आएको बीसीएनका कम्युनिकेशन अफिसर निरज दाहालले जानकारी दिए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.