
प्रकाश कपाली। विद्रोही तालिवान लडाकू समुहले अफगानिस्तानको सबै प्रान्त कब्जा गरिसकेको छ ।विद्रोही तालिवान लडाकु समुहले अफगानिस्तानको सबै क्षेत्र कब्जा गरेपछि अफगानिस्तानमा युद्ध सकिएको तालिवान लडाकु समूहले घोषणा गरेको छ। विद्रोही तालिवान लडाकु समुहले काबुलमा राष्ट्रपति कार्यालय कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ धानीले मुलुक छोड्दै ताजकिस्तान पुगेका छन्। 
आफ्ना नागरिकहरूको जीवन खतरामा परेको भन्दै धानीले रक्तपात रोक्न आफूले देश गरेको छोडेको भनाई व्यक्त गरेका छन्। विद्रोही तालिबान लडाकु समूहले अफगानिस्तानका विभिन्न सहर कब्जा गरेपछि अफगानिस्तानको नागरिकको जीवन रक्षा गर्नु तालिवान समुहको दायित्व भएको अफगानिस्तानका राष्ट्रपति धानीले बताएका छन्। विद्रोही तालिबान लडाकु समुहका लगता प्रवक्ता सुहैल शानीले आफुले कसैसँग बदला नलिने र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएका छन् । विद्रोही लडाकु समुह तालिवानले अफगानिस्तान कब्जा गरेपछि विभिन्न देशबाट गएका नागरिकलाई आफ्नो देशमा सकुसल फर्काउने प्रयास भइरहेको छ। आज संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत लगायतका अधिकांश मुलुकहरुले आफ्ना देशका नागरिकहरूलाई फर्काउने प्रयासमा छन्। संयुक्त राज्य अमेरिकाले ६,००० सेनालाई विमानस्थलमा खटाएको छ। यसैगरी नेपालबाट अफगानिस्तान प्रवेश गरेका नागरिकहरूलाई स्वदेश फिर्ता गरी उद्धार गर्न सरकारले कार्यदल गठन गरेको छ। अफगानिस्तानमा भएको यस युद्धको अवस्था र कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले छिटो भन्दा छिटो अफगानिस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्न ध्यान जानु अति नै आवश्यक देखिन्छ ।
