Fast Nepal News

मन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्ती

banner single news

काठमाण्डौं-नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले आज कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेट गरि सुझाव प्रस्तुत गरेको छ । भेटका क्रममा अध्यक्ष मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा ससदीय व्यवस्था मन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे ।

सो अवसरमा चेम्वर अध्यक्ष श्री मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको वताउदै निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।

यसका अतिरिक्त चेम्वर अध्यक्ष मल्लले संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने,खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने , नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाइ यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनुपर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनुपर्ने तथा लगानीको लागि स्रोतको वैधतालाइ खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसँग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाइ पनि संलग्न गर्न आग्रह गरे।

Inside Article Ads

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउनु हुंदै चेम्वरबाट प्रस्तुत सुझावलाइ गम्भिरतापूर्वक लिएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगतिनै हो। यस सन्दर्भमा सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको छ’ उनले भने । साथै उनले नेपालचेम्वर अफ कमर्सको प्राप्त सुझावका लागि धन्यबाद ज्ञापन गरे ।

उक्त अवसरमाचेम्वरका वरिष्ठ उपाध्यक्षकमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्यसमिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, दीपककाजी तुलाधर, निरजराई, राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

 

 

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.