Fast Nepal News

गुरु बन्दना ! (गुरु पुर्णिमा विषेश छन्द कविता )

मातृकाप्रसाद खनाल रा.न.पा.५ तीनपिप्ले लमजुङ

banner single news

गुरु बन्दना !
ब्रह्मा,बिष्णु अझै महेश्वर थियौ पूर्वीय संस्कारमा !
मान्दैछौँ गुरु वेदव्यास , धरणी , मातापिता साथमा !!
दीक्षा मन्त्र दिने सुयाेग्य गुरु हौ ! विज्ञान हौ ज्ञान हौ !
छर्छौ ज्ञान प्रकाश पुञ्ज पनि हौ ! याे लाेकका सान हौ !!

सारा धर्म , सुकर्म , लाेकहितमा संगीतमा खुल्दछौ !
मान्छेकाे हितमा समग्र जनकाे कल्याणमा जल्दछौ !
कालाे रात हटाइ याे गगनमा तारा भयौ चम्कियौ !
श्रद्धा भक्ति चढाउँदै हृृदयमा आफै खुल्यौ झुल्कियौ !

आत्मा शुद्ध गराउने गुरु उनै दीक्षा प्रदाता उनै !
माला फूल दिदै सभक्ति गुरुमा ढाेगेँ चढाएँ झनै !!
अज्ञानी घटमा सधैं बस तिमी देऊ नयाँ चेतना !
तिम्रो कर्म विशुद्ध हुन्छ भवमा गर्दैछु याे बन्दना !!

हे प्यारा जनहाे ! पुकार गरहै हाम्रा ठूला देवता !
साक्षात्कार अपार लाेचन भरी देख्ने उनै देवता !!
हे ज्ञानी ! जतिछौ बसेर गुरुकाे राम्रो गर संझना !
ढाेगेँ है गुरुकाे सधैँ चरणमा गर्दैछु याे बन्धना !!

***********

Inside Article Ads
Visited 157 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.