Fast Nepal News

अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक

पुस्तक तल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

banner single news

काठमाडाै‌ं । ‘अप्प दीपो भवः’ नामक पुस्तक असाेक सिलवालले सार्वजनिक गरेका छन्।पुस्तकमा कैलास मानसरोवरकाे यथार्थ चित्रण गरिएको छ। तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको राेमन्चक यात्रा समेटिएको सिलवालले वताएका छन् ।
। ‘तिब्बत गए पनि धेरै बर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोबर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिकचाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन् ।

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो,


जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिवद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् ।
लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

Inside Article Ads

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य समेटिएको उनले वताए

Visited 59 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.