Fast Nepal News

बद्रीनाथ अभिनव छन्द कवि पुरस्कार अर्पण तथा कवि गोष्ठी समारोह सम्पन्न ।

banner single news

काठमाडौ ।
मंसिर २९। अभिनव साहित्य समाजले २७४ औ शृङ्खला अन्तर्गत बद्रिनाथ अभिनव छन्द कवि पुरस्कार तथा सम्मान अर्पण र कवि गोष्ठी सम्पन्न गरेको छ । उपाध्यक्ष विमल अर्यालको सभापतित्व, बमबहादुर थापा जितालीको प्रमुख आतिथ्य, विजय चालिसे, गा.न.पा. वडा नं.को अध्यक्ष नवराज लामा, शीतल गिरी, डिल्लीराज अर्याल, गंगा कर्माचार्य, रघुनाथ आचार्य, भाग्यशाली अधिकारी, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल र पुरस्कृत व्यक्तित्व शान्ति सापकोटालगायतको विशेष आतिथ्य रहेको थियो । प्रमुख अतिथि तथा विशेष अतिथि र संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा कवि बद्रीनाथ आचार्यको तस्विरमा माला तथा पुष्पार्पण गर्दे बाल साहित्यकार तथा छन्द कवि श्री शान्ति सापकोटालाई नगद सात हजार सहित, सम्मानपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरियो ।.प्रमुख अतिथि तथा अन्य विशेष अतिथिहरुले छन्द कवि बद्रिनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य राख्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुलीको समीक्षा र मेनाका आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले धन्यवाद अर्पण र बद्रिनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य दिनुभएको थियो । उत्कृष्ट रचना वाचन गर्ने पुनम घिमिरे, विजया बस्नेत र दिवाकर न्यौपानेलाई प्रोत्साहनार्थ पुरस्कार प्रदान गरियो । रचना वाचनसमेत गरी सहभार्गीता जनाउनेहरुमा उध्वव रायमाझी, वसन्त रिजाल, गोपाल बराल, बाजुराम पौडेल, वासुदेव पौडेल, भावना न्योपाने, सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुर प्रसाद खतिवडा, सुमन पुडासैनी मित्र, नवराज पुडासैनी, ज्योत्स्ना, बि.पी. इलामे, वीरबहादुर लोहनी, ओम प्रसाद कोइराला, बद्री सुवेदी, कृपा पराजुली, मांगजुम थिंग, राजेशमान केसी, गायत्री कुमार आचार्य, सञ्जय सोती, सुरेशचन्द्र घिमिरे, पराशर रिजाल, लगायत ६१ जनाको उपस्थिति रहेको थियो ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.