Fast Nepal News

राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०६ अाै जन्मोत्सवमा द्वुतिय स्थान प्राप्त कविता

कवि:- मातृकाप्रसाद खनाल राइनास न.पा. ५ , तीनपिपले लमजुङ

banner single news

राष्ट्रकवि

प्याराे लम्जुङमा झुलुक्क नभमा तारा भयौ झुल्कियौ !
सारा काव्य लियौ तपाेवन डुल्यौ नेपालवादी भयौ !!
नेपाली धन हौ;सुपुत्र जन हौ!हौ राष्ट्रका साधक !
काव्यै काव्य दियौ;सुयाेग्य जनमा,द्याेता भयौ माधव !!

थाेरै शव्द लियौ तथापि कविता संसार अट्ने दियौ !
छन्दै छन्द दियौ र राष्ट्रकवि हौ;स्वच्छन्दवादी भयौ !!
छर्दैथ्यौ कविता मिठास लयमा आफै थियौ वेष्टित !
सारंगी धुनमा र मादल खरी ठाेक्थ्यौ नमारी धित !!

रुन्छौ रे कहिले अनन्त धरती फाटे सरी छौ तिमी !
गौरी पात्र वियाेगमा धरधरी राेयौ,करायौ तिमी !!
मेरा आँसु पुछेर जा!भनी यहीं ल्यायौ नि राजेश्वरी !
मर्स्याङ्दी सव उर्लियाे नयनमा आफै भई धर्धरी !!

प्रेमी भाव दियौ गरीव जनमा भै मालती मंगले !
आँफै प्यार बाेक्यौ र शाेक कहिले आफ्नै कला ढंगले !!
गैहाल्यौ सतकौँ जिएर पनि त्यै गौरी रुने लाेकमा !
नेपाली घर अाै समस्त झुपडी हामी पर्यौं शाेकमा !!

नेपाली जनहाे!पियार गर है; नेपालकै सौरभ !
नेपाली मनका, अझै महलका शिल्पी थिए माधव !!
क्वैली हाे!विरही नबाेल अब लौ;पाक्दैन है काफल !
सारा स्वाद लिने गए नि घिमिरे ! कैलाशमा मावल !!

Inside Article Ads
Visited 144 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.