
काठमाडौ ,असोज ४
मञ्जुश्री साहित्यिक समाजको आयोजनामा चौहत्तरौं
प्रविधिमैत्री कविगोष्ठी डा. बमबहादुर थापा जितालीको सभापतित्व तथा गङ्गा लिगलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औं
जन्मजयन्ती विशेष उक्त गोष्ठीमा विशिष्ट अतिथि टेकबहादुर लौडारी, हरिप्रसाद घिमिरे,
सूर्यकुमार पण्डित आदि स्रष्टाको समुहमा कार्यक्रमको सञ्चालन सचिव वीरबहादुर लोहोनीले गर्नुभएको थियो।
कवि टेकबहादुर लौडारीको स्वागत गायनबाट
थलनी भएको उक्त गोष्ठीमा सबै स्रष्टालाई कविता वाचन गर्ने समय प्रदान गरिएको थियो
भने सबै स्रष्टाका विभिन्न लय, छन्द र भावनात्मक कविता प्रस्तुत भएका थिए।
प्रमुख अतिथि गङ्गा लिगलले सुन्दर सिर्जना वचनका साथै राष्ट्रकवि घिमिरेको योगदानबारे चर्चा गर्नुभयो भने सभापति जितालीले घिमिरेको साहित्यिक योगदानमाथि प्रकाश पार्नुका साथसाथै घिमिरेकै कलमवीर कविता वाचन गर्दै उक्त गोष्ठीमा सहभागी सबै स्रष्टालाई
धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गर्नुभयो।
