Fast Nepal News

नेपालको नौ वर्षयताकै ठूलो हार

नेपाललाई ५–१ ले हराएर भियतनाम ओलम्पिक छनोटमा दोस्रो चरण नजिक पुगेको छ।

banner single news

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अनन्तराज थापालाई थाह थियो कि आफ्नो टिमले विश्वकप खेल्ने तयारीमा रहेको भियतनामविरुद्ध खेल्दै छ । उनले पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणमा अनुकूल नतिजा निकाल्ने लक्ष्य राखेका थिए । यसको मतलब जितकै नतिजा । तर, दशरथ रंगशालामा बुधबारको ‘पहिलो लेग’ मा घरेलु टिममाथि ५–१ को सहज जित रच्दै भियतनाम दोस्रो चरणका लागि एक कदम अगाडि बढेको छ ।

नेपाली महिला टिमले घरेलु भूमिमा बेहोरेको सबैभन्दा ठूलो हार यही हो । यसअघि १४ खेलमा ३–१ वा २–० भन्दा ठूलो अन्तरको हार खेप्नुपरेको थिएन । फिफा वरीयताको ३३ औं स्थानको भियतनामले चार महिनापछि अस्ट्रेलिया–न्युजिल्यान्डमा हुने विश्वकप खेल्ने तयारीको सुरुआत पनि काठमाडौंबाटै गरेको हो । टोकियो ओलम्पिक २०२० छनोटको अन्तिम प्ले–अफसम्म पुगेको भियतनामसँग ५–१ को हार नेपालका लागि ९ वर्षयताकै खराब नतिजा हो ।

Inside Article Ads

इस्लामबाद (पाकिस्तान) स्थित जिन्नाह स्पोर्ट्स रंगशालामा भएको तेस्रो साफ महिला च्याम्पियनसिप २०१४ को फाइनलमा नेपाललाई निरीह तुल्याउँदै भारतले ६–० को जितसहित उपाधि रक्षा गरेको थियो । त्यसयता नेपाली टिमले चार गोलभन्दा बढी खाएको यही ओलम्पिक छनोटमा आएर भियतनामविद्ध नै हो । सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग २०१६) मा स्वर्णको होडमा नेपाल भारतसँग ४–० ले हारेको थियो । त्यसपछि नेपालले बेहोरेको सबैभन्दा ठूलो हार मलेसियासँग ४–१ (मैत्रीपूर्ण खेल/२०१७) र म्यानमारसँग ३–० (महिला गोल्डकप/२०१९) थियो । ती खेल मलेसिया र भारतमा भएका थिए । त्यसैले नेपालका लागि माथिल्लो स्तरको प्रतिद्वन्द्वी भए पनि भियतनामसँग ५–१ को हार अनपेक्षित नै रह्यो ।

‘यति ठूलो हार सोचिएको थिएन । बराबरी गर्न सक्ने सोचेका थियौं,’ खेलपछि प्रशिक्षक थापाले भने, ‘तर, भियतनामले विश्वकप खेल्ने टिमको स्तर कस्तो हुन्छ भन्ने देखाइदियो ।’उनले थपे, ‘शारीरिक रूपमा साना भए पनि भियतनामी खेलाडीहरू निकै छरिता रहेछन् । सटिक पास खेले ।’ छोटो पास र ‘टिमवर्क’ मा जोड दिएको भियतनामले सातपल्ट जति अवसर पायो, जसमा ५ गोल गर्‍यो । पुनम जर्घामगरको संन्यास र गीता रानालाई चोटको कारण गुमाएको टिमको सेन्टर–ब्याकलाई अमृता जैसी र समिक्षा घिमिरेले सम्हाल्न सकेनन् । पाँचौं गोलमा कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा कमजोर देखिइन् ।

सावित्राको गोल

दीपा शाहीले दिएको बललाई पोस्टनजिक एक्लै पुगेकी अमिशा कार्कीले गोलमा परिणत गरेकी भए खेलको कथा अर्कै हुन सक्थ्यो । उनले नवौं मिनेटमा पाएको अवसरमा बल पोस्टमाथि प्रहार गर्दा घरेलु टिम अग्रता लिन चुक्यो । त्यसको दुई मिनेटअघि पाएको सहज मौकामा बल पोस्टबाहिर हानेकी पाम हाई येनको हेडरमा भियतनामले ११ औं मिनेटमै गोलको खाता खोल्यो । त्यसपछि पाहुना टिम हाबी भयो । उनले २० औं मिनेटमा प्रहार गरेको बलमा क्रसबार बाधक बन्यो । दीपाले २९ र अमिशाले ३४ औं मिनेटमा पाएका अवसर गुमाए ।

 इस्लामबाद (पाकिस्तान) स्थित जिन्नाह स्पोर्ट्स रंगशालामा भएको तेस्रो साफ महिला च्याम्पियनसिप २०१४ को फाइनलमा नेपाललाई निरीह तुल्याउँदै भारतले ६–० को जितसहित उपाधि रक्षा गरेको थियो । त्यसयता नेपाली टिमले चार गोलभन्दा बढी खाएको यही ओलम्पिक छनोटमा आएर भियतनामविद्ध नै हो । सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग २०१६) मा स्वर्णको होडमा नेपाल भारतसँग ४–० ले हारेको थियो । त्यसपछि नेपालले बेहोरेको सबैभन्दा ठूलो हार मलेसियासँग ४–१ (मैत्रीपूर्ण खेल/२०१७) र म्यानमारसँग ३–० (महिला गोल्डकप/२०१९) थियो । ती खेल मलेसिया र भारतमा भएका थिए । त्यसैले नेपालका लागि माथिल्लो स्तरको प्रतिद्वन्द्वी भए पनि भियतनामसँग ५–१ को हार अनपेक्षित नै रह्यो ।

‘यति ठूलो हार सोचिएको थिएन । बराबरी गर्न सक्ने सोचेका थियौं,’ खेलपछि प्रशिक्षक थापाले भने, ‘तर, भियतनामले विश्वकप खेल्ने टिमको स्तर कस्तो हुन्छ भन्ने देखाइदियो ।’

उनले थपे, ‘शारीरिक रूपमा साना भए पनि भियतनामी खेलाडीहरू निकै छरिता रहेछन् । सटिक पास खेले ।’ छोटो पास र ‘टिमवर्क’ मा जोड दिएको भियतनामले सातपल्ट जति अवसर पायो, जसमा ५ गोल गर्‍यो । पुनम जर्घामगरको संन्यास र गीता रानालाई चोटको कारण गुमाएको टिमको सेन्टर–ब्याकलाई अमृता जैसी र समिक्षा घिमिरेले सम्हाल्न सकेनन् । पाँचौं गोलमा कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा कमजोर देखिइन् ।

 ‘अन्तर अझ बढी हुनसक्थ्यो’

भियतनामका मुख्य प्रशिक्षक माई डुक चुङले भने, ‘भियतनामी महिला टिमले जित्यो तर अझै खेलाडी राम्रो अवस्थामा छैनन् । ५ गोल गर्‍यौं र गोलको यो नम्बर तुलनात्मक रूपमा राम्रो हो । तर, अझै बढी हुनसक्थ्यो ।’

उनले थपे, ‘अपेक्षित रूपमै नेपाली खेलाडीले राम्रो चुनौती दिए । जर्सी नम्बर ९ (सावित्रा) लगाएकी स्ट्राइकरले शारीरिक रूपमा बलियोपन र ट्याक्टिकल कौशल देखाइन् । नेपाली गोलकिपर राम्रो नभएको भए उसले सम्भवतः अझै ठूलो हार बेहोर्ने थियो ।’ काठमाडौं ओर्लिएको दुई दिनमात्रै भएकाले यहाँको मौसम र मैदानमा अभ्यस्त हुन अझै बाँकी भएको पनि उनले सुनाए ।

अफगानिस्तान र प्यालेस्टाइनले प्रतियोगिताबाटै नाम फिर्ता लिएपछि छनोटको समूह ‘सी’ मा नेपालले फिफा वरीयतामा ६७ स्थान माथिको भियतनामसँग ‘होम एन्ड अवे’ का आधारमा दुई खेल खेल्दै छ । दुवै खेल दशरथ रंगशालमा हुने छ । भियतनामको घरेलु खेलको रूपमा ‘दोस्रो लेग’ शनिबार हुनेछ । छनोटका सात समूहका विजेता टिम दास्रो चरणमा प्रवेश गर्नेछन् ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.