Fast Nepal News

फेरिएको व्यवस्था नफेरिएको सोच प्रसङ्ग गणतन्त्र दिवस

प्रकाश कपाली

banner single news

आज गणतन्त्र दिवस स्थापना भएको १३ औं वर्षमा प्रवेश गरेको छ। जहानीय र एकतन्त्री शासन मुलुकबाट अन्त्य गर्दै मुलुकलाई नयाँ राजनीतिको दिशा मा प्रवेश गर्दै निरङ्कुश शासनबाट मुक्त गराउँदै गणतन्त्र प्रत्याभूति गराउँदै जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु‌लाई जनताले शासक चुन्ने र जनप्रतिनिधिहरुले जनताको हकहितमा काम गर्ने उद्देश्यसहित गणतन्त्रको उदय नेपालमा भएको थियो। ‌‌ गणतन्त्रपछि व्यवस्था परिवर्तन भने भयो। जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरु राष्ट्रपति, प्रधानमन्त्री ,मन्त्री पनि भए। गणतन्त्र स्थापना भएसँगै तेस्रो कार्यकाल गरी देशले दुईवटा राष्ट्रपति पायो। देशले तेह्र
जना प्रधानमन्त्री मुलुकमा गणतन्त्र स्थापना भएपछि भयो। तर जनताको इच्छा अनुरुपको काम भने कुनैपनि सरकारहरूले गर्न सकेनन्। जनताको समस्यालाई थाती राख्दै धेरै दलहरू सत्ता प्राप्त गर्न तर्फ अग्रसर भए। मुलुकमा गरिबी ,बेरोजगारी, जनताको आर्थिक अवस्था गणतन्त्र आउनु भन्दा अगाडी जस्तो थियो त्यसमा केही परिवर्तन आउन सकेको देखिएन। संविधानमा व्यवस्था गरिएका जनताका हक अधिकारका कुरा केवल संविधान मात्र सिमित रही व्यवहारिक पक्षमा कार्यान्वयन नभएको पाइयो। व्यवस्था परिवर्तन भएपनि गणतन्त्र मुलुकमा स्थापना भएपनि शासकहरुमा आएको निरंकुश परिवर्तन नहुँदा धेरैजसो राजनीतिक र कानुनी विश्लेषकहरुले देश गणतान्त्रिक मुलुकमा प्रवेश गरेपनि शासकहरूको सोचमा निरंकुश तन्त्र कै छाप परेकोले मुलुकले गति लिन नसक्ने तर्क व्यक्त गरेका छन्। विकासका कार्यहरु अघि बढे तापनि जनचाहना अनुसारको विकासको कार्य नभएको, मुलुकमा सुशासन कायम नभएको, गणतन्त्रको प्रत्याभूति गर्न नपाएको धेरै आमजनताको गुनासो छ। गणतन्त्र मुलुकमा स्थापना भएपनि तस्कर, कालोबजारी, हत्याहिंसा जस्तो गैरकानुनी अपराधमा पनि अपराध गर्ने व्यक्ति संरक्षित राजनैतिक दलहरुबाटै भएको पाइन्छ। बेरोजगारी समस्याको समाधान अहिलेसम्म हुन सकेको छैन। बौद्धिक पलायन झनै तीव्र छ। नातावाद र कृपावाद प्रशासनिक भ्रष्टाचार मुलुकमा अहिलेसम्म कायम छ भने गणतान्त्रिक मुलुकमा जनताले कहिलेसम्म सुशासनको प्रत्याभूति गर्न पाउँला? विकटका जनताहरु गणतन्त्र आएपनि कतिपय राज्यले व्यवस्था गरेका मौलिक हक प्राप्त गर्नबाट वञ्चित छन् के यसले मुलुकमा गणतन्त्र स्थापना भएपनि जनताले गणतन्त्र मुलुक स्थापना भएको अहिलेसम्म प्रत्याभूति गर्न पाएका हुन् त? यस्ता प्रश्न मुलुकमा पटक-पटक आमजनताले सरकारसँग गरिरहँदा सरकार भने सुनेको तर जनताको समस्या नसुनी कानमा तेल हालेर बस्ने कार्य गर्दा जनता मारमा परेका छन्। नेपालका जनताले केवल सत्ताका लागि कुनै राजनीतिक पार्टीहरुलाई निर्वाचित गरेर पठाएका भने होइन। राजनीतिक दल नेताहरुले देश र जनताको पक्षमा प्रभावकारी कदम चाल्छ भन्ने उद्देश्यले आफ्नो अमुल्य मत दिएर निर्वाचित गरेर पठाएका जनप्रतिनिधि आज जनताको समस्या भन्दा आफ्नै समस्यामा ब्यस्त हुदाँ उज्यालो युगतिर गणतन्त्रले प्रवेश गर्छ भन्ने ‌ नेताहरूको भाषण केबल विपरीत भई आज मुलुक अन्धकार तर्फ धकेलिरहेको रहेको छ। सैद्धान्तिक शिक्षालाई धेरै महत्व दिनुले आज मुलुकमा शैक्षिक बेरोजगारी बढिरहेको छ। तर व्यावहारिक शिक्षा सरकारले प्रभावकारी बनाउन नसक्दा त्यस कार्य तर्फ सरकारको ध्यान नजानु दुखद अबस्था रहेको छ। संविधान परिवर्तन हुनु, शासक परिवर्तन हुनु, मुलुकमा व्यवस्था परिवर्तन हुनु मात्र ठूलो कुरा होइन । व्यवस्थासँगै राज्यसत्ता संचालन गर्ने व्यक्तिहरूको ,नागरिकहरूको सोच परिवर्तन हुनु ठूलो कुरा हो ‌। त्यसैले नेपाल गणतान्त्रिक मुलुकमा प्रवेश गरेपनि अपरिवर्तनीय सोच, नागरिकको समस्या जस्तोको त्यस्तै रहने समस्याले आज मुलुक विकासको गतिमा जनताले सोचेअनुरुप अग्रसर हुन सकेका छैनन्। यो दुःखको कुरा हो। शासनव्यवस्था फेरे पनि व्यवहारमा कार्यान्वयन नेपाली जनता मारमा पर्नुले जनता दुःखी हुने अवस्था सृजना हुनु दुःखको कुरा हो। हाम्रो मुलुकले आज कोरोना महामारीका बखत १३ औं गणतन्त्र दिवस मनाइरहँदा आजको वर्तमान परिस्थितिमा कोरोनाको अभावमा उपचार नपाएर मृत्युको दोसाँधमा रहेका आम नागरिकको समस्या र भोकमरीबाट आफ्नो जीवन गुजारिरहेका ह अवस्थालाई हेर्दा , देशका शासकहरु सत्तामा लिप्त भैरहँदा कसलाई गणतन्त्रको अनुभूति भएको होला र? त्यैपनि आजका युवा पुस्ताहरु हात बाँधेर नबसी आजको १३ औं गणतन्त्र दिवसको दिनदेखि आफ्ना सोचहरु मा परिवर्तनका रेखाहरु कोर्दै मुलुकलाई भविष्यतर्फ उज्यालो युगको मार्गतर्फ र सम्पूर्ण नेपाली जनताको चाहनाअनुरूप मुलुकमा कसरी सुशासन कायम गर्ने, विकासको गति तर्फ कसरी अगाडि बढाउने भन्ने विषयमा आजका दिनदेखि सकारात्मक सोचको विकास गर्दै भविष्यमा मुलुकलाई अगाडी वढाउन आफुलाई कसरी जनशक्तिको रुपमा सोच्दै आफूले प्राप्त गरेका शिक्षाहरुले मुलुकको हकहितका लागि उपयोग हुनेछ भनेर यदि सबै युवाहरुले सोच्ने हो भने भविष्यमा देशका हरेक नागरिकले गणतन्त्रको प्रत्याभूति गर्न पाउनेछन्।गणतन्त्र स्थापना पछिका केही महत्वपूर्ण जानकारीहरु। गणतन्त्र स्थापनापछि डा.रामवरण यादव मुलुकको प्रथम पथम निर्वाचित राष्ट्रपति हुनुभयो। उहाँले २०६५-२०७२ सालसम्म राष्ट्रपतिको कार्यकाल सम्हाल्नुभयो। उहाँको कार्यकालमा नेपालको संविधान २०७२ जारी गरेको थियो। नेपालको दोस्रो तेस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुनुभयो। २०७२-०७-०६ देखि २०७४-११-२९ सम्म दोस्रो राष्ट्रपतिको प्रथम कार्यकाल सम्हाल्नुभयो। २०७४-११-३० देखि हालसम्म उहाँले तेस्रो राष्ट्रपतिको रुपमा कार्यकाल सम्हाल्नुभएको छ । गणतन्त्र नेपालको प्रधानमन्त्री बारे थप जानकारीहरु। ‌ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) गणतन्त्र नेपालको मन पहिलो प्रधानमन्त्री हुन्। प्रचण्ड गणतन्त्र नेपालको दुईपटक प्रधानमन्त्री भइसकेका छन् । यसैगरी उनले (२०६५-२०६६) सम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। यसैगरी (२०७३-२०७४) सम्म सातौ प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीको रूपमा माधवकुमार नेपाल रहेका थिए। उनले (२०६६-२०६७) सम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। झलनाथ खनाल गणतन्त्र नेपालको मन्त्री तेस्रो प्रधानमन्त्री हुन्। उनले (२०६७-२०६८) सम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। डा. बाबुराम भट्टराई गणतन्त्र नेपालको चोथौ प्रधानमन्त्री हुन् । उनले (२०६८-२०६९) सम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। खिलराज रेग्मी गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री (अध्यक्ष मन्त्रिपरिषद) हुन्। उनले (२०६९-२०७०) सम्म प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। सुशील कोइराला गणतन्त्र नेपालको छैठौं प्रधानमन्त्री हुन्। उनले (२०७०-२०७२) सम्म प्रधानमन्त्रीका कार्यकाल समालेका थिए। क प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा नेपालको संविधान २०७२ जारी भएको थियो। गणतन्त्र नेपालको आठौं , दसौँ प्रधानमन्त्री हुन्। उनले आठौँ प्रधानमन्त्रीको कार्यकाल (२०७२-२०७३) सम्म सम्हालेका थिए। प्रधानमन्त्री शेर बहादुर देउबा गणतन्त्र नेपालको नवौ प्रधानमन्त्री हुन्। उनले २०७४ सालमा प्रधानमन्त्रीको नवौँ प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। केपी शर्मा ओलीले गणतन्त्र नेपालको दसौँ प्रधानमन्त्रीको कार्यकाल २०७४-११-०२ देखि २०७८-०१-२७ गतेसम्म सम्हालेका थिए भने संसदमा विश्वासको मत प्राप्त नभएपछि पदबाट मुक्त भएका केपी शर्मा ओलीले प्रतिपक्ष दलहरुले सरकार बनाउन नसकेपछि प्रधानमन्त्रीमा पुनः नियुक्त अहिले गणतन्त्र नेपालको एघारौं एक कार्यकाल सम्हालिरहनु भएको छ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.