Fast Nepal News

‘पाख्रीबास–धनकुटा ब्रान्ड’ कफी उत्पादन गरिने

banner single news

धनकुटा — २३ श्रावण  २०७८
धनकुटा, धनकुटामा ‘पाख्रीबास–धनकुटा ब्रान्ड’ कफी उत्पादन गरिने भएको छ । पहिलो चरणमा पाख्रीबास नगरपालिका क्षेत्रमा कफी पकेटक्षेत्र घोषणासहित २०७७ असोजदेखि बृहत् कफी नर्सरी थालिएको नगरपालिकाले जनाएको छ ।कफी उत्पादनका लागि ५५ लाख रुपैयाँको लागतमा प्रशोधन केन्द्र निर्माण गरिनेछ । यस्तै, ४५ लाख रुपैयाँ लागतमा कफी नर्सरी निर्माण र प्रशोधनका लागि प्राविधिक शिक्षालय स्थापना गरिने नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् ।

उनले कफी खेती तालिम र प्रभावकारी सेवाका लागि कफी संकलन केन्द्र निर्माण गरी नमुना कफी खेतीका रूपमा विस्तार गर्ने योजना बनाएको उनले बताइन् । २०७६ फागुनमा कफीसम्बन्धी आधाररेखा थालिएको हो ।हालसम्म ५ लाख कफीका बिरुवा उत्पादन थालिएको छ । यस वर्ष ५० हजार बिरुवा उत्पादन गरी कृषकलाई वितरण तयारी गरिएको कृषिविज्ञ जीवनकुमार राईले बताए ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.