Fast Nepal News

पद्मकन्या माविको वृहत् शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

मेयर बालेन शाह र सुनिता डङ्गाेलले गरे निरिक्षण

banner single news

प्रकाश कपाली
१० माघ, काठमाडौँ
-पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले आज हीरक महोत्सवका अवसरमा शैक्षिक प्रदर्शनी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

Inside Article Ads


पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफूले रुचिका साथ छनोट गरेको विषयमा शैक्षिक सामग्रीहरु तयार गरि शैक्षिक प्रदर्शनी कार्यक्रममा सहभागी भएका थिए। शैक्षिक प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका विशिष्ट अतिथि र पाहुना र विभिन्न विद्यालयहरुबाट कार्यक्रममा उपस्थित भएका थिए । विद्यार्थीहरुले आफूले शैक्षिक प्रदर्शनीमा प्रदर्शन गरेका शैक्षिक सामग्रीहरुको महत्वबारे व्याख्या विश्लेषण गरि दर्शकलाई जानकारी दिएका थिए । प्रदर्शनी सम्पन्न गर्न विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्र .अ रिता तिवारीले जानकारी दिनुभयो ।


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, राष्ट्रिय परीक्षा बोर्ड वाग्मती प्रदेश प्रमुख जयन्ती सत्याल, डा. विद्यानाथ कोइराला, प्रदेश सांसद माननीय दिपेन्द्र श्रेष्ठ,काठमाडौं महानगपालिका शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी , पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमला लगायतका ब्यक्तीत्वहरूकाे सहभागिता थियो ।उहाँहरूले पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले सिभिल इन्जिनियरिङ, विज्ञान, गणित, सामाजिक, नेपाल भाषा लगायतका विषयहरूमा आधारित रहेर बनाएका शैक्षिक सामाग्रीहरू अवलोकन गर्नुभएकाे थियोे । त्यस्तै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको पनि राम्रो उपस्थिति थियो। कार्यक्रम लाई सभ्य र भव्य भएको प्र अ रिता तिवारीले वताउनु भयाे ।
विशेषगरी छात्रा विद्यार्थीहरुले विज्ञान, सामाजिक, सांस्कृतिक, गणित, स्वास्थ्य, ईन्जिनियरिङ क्षेत्रको गतिविधिमा आधारित विषयबस्तुमा व्याख्या गर्दै शैक्षिक सामग्रीहरु प्रदर्शनी गरेका थिए ।

पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयले हीरक महोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले अवलोकन गर्नुभएको छ। अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरले पद्मकन्या माध्यमिक विद्यालयले विद्यार्थीको चाहना र रुचिको विषयमा सम्बोधन गरेको समेत जानकारी दिनुभएको छ।

यसैगरी पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीले शैक्षिक प्रदर्शनीमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले आजको शैक्षिक प्रदर्शनीमा सहभागी विशिष्ट अतिथि र दर्शक, विद्यार्थीहरुबाट सकरात्मक सन्देश प्राप्त भएको बताउनुभएको छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.