Fast Nepal News

पहिरो प्रभावित दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण

banner single news

अर्घाखाँची – चैत ३१

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन्। सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए । नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे।

Inside Article Ads

यसैबीच सो पालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समति अर्घाखाँचीको आयोजनामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने तरिका र अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने तथा आयोगले गर्ने कामका बारेमा आयोगका अध्यक्ष केवी भुसाल, सदस्यसचिव लक्ष्मी पाण्डे र विज्ञ सदस्य तुल्सीराम मिश्रले जानकारी गर्राएका छन्। रासस

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.