Fast Nepal News

चीनले अनुमति दियाे ३ वर्षमाथिका बालबालिकालाई खोप लगाउन

चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।

banner single news

जेठ, बेइजिङ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको छ ।चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको हाे ।

कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको जगाएको छ ।

चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको स्राेतले जनाएको छ । अहिले चीनले देशभरी नै खोप अभियान चलाइरहेको जहाँ १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ । हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अत्यसम्म ५६ करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

Inside Article Ads

चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.