Fast Nepal News

चर्चित टिभी सिरिएल रामायण मा रावण को रोल गर्ने अरविन्द त्रीवेदी को निधन

banner single news

डायमण्ड जोशी। २० असोज, मुम्बई, बहु धार्मिक ग्रन्थ रामायण लाई पछि लिएर थुप्रै कलाकार हरुले सिरिएल बनाएका छन। त्यही सिरिएलमा पर्ने बहु चर्चित रामानन्द सागरको रामायण मा रावणको रोल गरेर विश्व माझ धर्मको प्रचार प्रसार सहित मनोरञ्जन दिदै आएका चर्चित कलाकार अरविन्द त्रीवेदिको निधन भएको छ। गएराती करिब १० बजे तिर निधन भएको उनको पारिवारिक स्रोतले जनाएको हो। केही दिन यता सिघ्र बिरामी परेका त्रीवेदी लाई हृदयघात भएको भन्ने खबर भारतीय सञ्चार माध्यम ले जनाएका हुन। ८२ वर्ष उमेरका त्रीवेदी को निधन मुम्बई स्थित आफ्नै निवासमा भएको हो। कला संस्कृति को जगेर्ना गर्नु पर्छ भन्दै लागि परिरहेका त्रीवेदी लाई प्राय नेपाल भारत मा बढी दर्शक हरुले मन पराएका छन। उनलाई सँधै अमर बनाईरहने उनको चर्चित रोल रावण सहित अहिले त रामानन्द सागरको रामायण पनि चर्चित नवनिर्मित टेलिभिजन ग्यालेक्सी फोर के बाट नेपाली भाषामा प्रसारण भैरहेको छ। उनले विक्रम वेताल जस्ता चर्चित सिनेमाहरुमा पनि काम गरेका छन। उनी प्रती हार्दिक श्रद्धाञ्जली

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.